राजनीति

कांग्रेस गढमा बामपन्थीको अग्रता

विराटनगर-  नेपाली कांग्रेसको गढ मानिने मोरङका ६वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उमेदवारले अग्रता कायम गरेका छन्। शुक्रबार साँझसम्मको मतगणनाको प्रारम्भीक परिणम अनुसार प्रतिनिधि सभाका ६ वटै क्षेत्रमा बामगढबन्धनका  उमेदवारले अग्रता कायम गरेका हुन्।

पछिल्लो परिणाम अनुसार मोरङ क्षेत्रनम्बर १ मानेपाली कांग्रेसका डिगबहादुर लिम्बुले   ६ हजार १ सय ५२ मत ल्याएका छन्। एमालेका घनश्याम खतिवडाले ६ हजार ५ सय ७५ मतका साथ अग्रता कायम गरिरहेका छन् । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस डा मिनेन्द्र रिजालले  ४ हजार ४ सय ५० मत ल्याएका छन् ।  एमालेका ऋषिकेश पोखरेलले ४ हजार ५ सय १०मतकासाथ अग्रता कायम गरिरहेका छन् । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस डा शुनिल शर्माले  ५ हजार ६ सय ६९ मत ल्याएका छन् । एमालेका भानुभक्त  ढकालले  ६ हजार ४ सय २१मतकासाथ अग्रता कायम गरेका छन् । मोरङ ४ मा नेपाली कांग्रेसका महेश आचार्यले  २ हजार ५ सय ८९ मत ल्याएका छन् । माओवादी केन्द्रका अमनलाल मोदीले  ३ हजार ९ सय ९९ मतकासाथ अग्रता कायम गरेका छन् । मोरङ ५ मा नेपाली कांग्रेसका अमृत अर्यालले  १हजार ३ सय ६५ मत ल्याएका छन् । माओवादी केन्द्र शिवकुमार मण्डलले  १ हजार ५ सय२० मतकासाथ अग्रता कायम गरिरहेका छन् । संघीय समाजवादी फोरमका राजकुमार यादवले १हजार ३५ मत ल्याएका छन् । मोरङ ६मा नेपाली कांग्रेसका डा शेखर कोइरालाले ६ हजार ६ सय ४६ मत ल्याएका छन् । एमालेका लालबाबु पण्डितले ७ हजार ७ सय ४८ मतले अग्रता कायम गरिरहेका छन् । मोरङको ६वटै निर्वाचन क्षेत्रको मत विराटनगर स्थित आदर्श उच्च माविमा गणना भइरहेको छ । शुक्रबार विहान देखि सुरु भएको मतगणामा पहिलो चरणमा प्रतिनिधिसभा तर्फको मत गणना भइरहेको छ । प्रतिनिधिसभातर्फको मत गणना भइसके पछि मात्रै प्रदेश र समानुपातिक तर्फको मत गणना गर्ने  क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: २२ मंसिर २०७४ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App