राजनीति

भूकम्प प्रभावितलाई दुई दिनभित्र राहत सामग्री पुर्‍याउन उपप्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामाग्रीहरू  पुर्‍याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।  

रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्दारको काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनस्थापनामा लागेको बताए। उनले आज र भोलिसम्ममा राहतका सबै सामाग्रीहरू जिल्लामा पुर्‍याइसक्ने बताए।  

शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई टकले विरामीहरूको उद्दार गरेको थियो भने आइतबारदेखि राहत सामाग्रीहरू सेनाका हेलिकप्टरले ढुवानी गरिररहेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री भुकम्प प्रभावित जिल्लाको भ्रमणमा छन्।

प्रकाशित: १९ कार्तिक २०८० ०७:१७ आइतबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भुकम्प प्रभावित भुकम्प प्रभावित परिवार