राजनीति

हुम्लामा काँग्रेस उम्मेदवार शाही तीन गुणा मतले अगाडि

हुम्लाको मतगणना हुँदै। तस्विरः जनक

जनकबहादुर शाही

हुम्ला— हुम्लामा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगलबहादुर शाही ७ हजार ५३३मतसहित अगाडि छन्। उनलाई बाम गठबन्धनका माओवादी उम्मेदवार छिमीदोर्जे लामाले २११८ मतले पछ्‌याइरहेका छन्।

नयाँ शक्तिका तुलबहादुर शाहीको १३४, संघीय समाजवादी फोरमका कालीबहादुर बिक ११४, जन समाजबादीका रणबहादुर रम्तेल ३१९ मत पाएका छन्।

अब सिमिकोट ४ र ७ बुथको मतगणना मात्र बाँकी छ।

प्रकाशित: २२ मंसिर २०७४ ०४:४५ शुक्रबार

हुम्लामा काँग्रेस उम्मेदवार शाही गुणा मतले अगाडि