राजनीति

ताप्लेजुङमा वाम गठबन्धनको अग्रता, योगेश भट्टराईले पाए १३१४ मत

ताप्लेजुङमा—प्रतिनिधि सभाको एक तथा प्रदेश सभाको २ गरी ३ स्थानमै बाम गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता कायम गरेका छन्। बिहीबार बेलुका ८ बजे सम्मको मत परिमाण हो।

२२४३ मत गणना हुँदा प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेदवार एमाले सचिव योगेश भट्टराइको १३१४ तथा काँग्रेसका केशवप्रसाद दाहालको ६९३ मत प्राप्त भएको छ। २२४३ मत गणना हुँदा प्रतिनिधि सभामा १०८ मत बदर भएको छ। प्रदेश सभाको निर्वाचनमा क्षेत्र नं १ मा क्षेत्रमा १२८५ बाम गठबन्धनका एमाले उम्मेदवार बलबहादुर साम्सोहाङको ७०१ तथा नेपाली काँग्रेसका लिलादेबी बोखिमको ४७८ मत प्राप्त भएको छ।

प्रदेश सभाको निर्वाचन क्षेत्र नं २ मा १०८२ मत गणना हुँदा बाम गठबनधनका माओवादी केन्द्रका उम्मेदवार टंक आङबोहाङको ५७२ तथा नेपाली काँग्रेसका दिपेन्द्रकुमार सेन्दाङको ३७१ मत रहेको छ। प्रतिनिधिसभाका लागि मेरिङदेन गाउँपालिकाको नाल्बु मावि केन्द्र,सिरीजङ्घा गाउँपालिकाको राष्ट्रिय मावि पेदाङ केन्द्र र पापुङको किलिङ प्रावि केन्द्रको मतगणना एउटा कक्षमा र अर्को कक्षमा सिरीजङ्घा गाउँपालिकाको सिनाम मावि ख केन्द्र, सोही गाउँपालिकाको याङपाङ केन्द्र पेदाङ र मिक्वाखोला गाउँपालिकाको राजेश्वरी प्रावि पापुङ केन्द्रको मत पेटिकाबाट मतगणना सुरु भएको छ।

प्रदेश सभाको (ख) का लागि मिक्वाखोला गाउँपालिकाको पापुङको राजेश्वरी प्रावि केन्द्र, आठराइ त्रिवेणी गाउँपालिकाको फुलवारी ग केन्द्र,फक्ताङलुङगाउँपालिकको ग्याब्ला केन्द्र र मिक्वाखोला गाउँपालिकाको लिवाङ ख केन्द्रबाट मतगणना सुरु भएको छ। प्रदेश सभा (क) का लागि फुङलिङ नगरपालिकाको हाङदेवाको ख केन्द्र,याङवरक गाउँपालिकाको तिरिङगे ओदिले क केन्द्र र सिदिङ्वा गाउँपालिकाको अम्बिका निमावी चुम्बुङ केन्द्रबाट मत गणना सुरु भएको छ।


 

प्रकाशित: २१ मंसिर २०७४ १४:३१ बिहीबार

ताप्लेजुङमा वाम गठबन्धनको अग्रता योगेश भट्टराईले पाए १३१४ मत