राजनीति

कास्कीमा चार बजेसम्म ६० प्रतिशत मत खस्यो

कास्कीका विभिन्न मतदानस्थलमा मतदान गर्दै मतदाता। तस्बिरः उमेश पुन

पोखरा- कास्कीमा करिब ६० प्रतिशत मत खसेको छ। दिउँसो पौने ४ बजेसम्मको तथ्यांक अनुसार सहरी क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

उनका अनुसार ग्रामिण क्षेत्रमा भने मत संख्या अझै कम खसेको अनुमान छ । सबैतिरको तथ्यांक आईनसकेको उनले बताए । चिसोका कारण मतदान गर्नेको संख्या बिहानको तुलनामा दिउँसो बढेको उनले बताए । कास्कीमा सबैगरि २ लाख ५५ हजार ४ सय ५२ जना मतदाता थिए । अहिलेसम्म सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन भएको पनि उनले बताए।

 

 

 

 

कास्कीमा बजेसम्म ६० प्रतिशत मत खस्यो