राजनीति

सीके राउत जनकपुरबाट पक्राउ

धनुषा- स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

उनले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए। प्रत्यक्ष प्रसारणमा रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

राउतको स्थायी घर सप्तरी भएपनि उनी जनकपुर बस्दै आएका छन्। उनको गाउँमा अहिलेसम्म कुनै मत नखसेको बताइएको छ।

प्रकाशित: २१ मंसिर २०७४ ०४:४७ बिहीबार

सीके राउत जनकपुरबाट पक्राउ