राजनीति

घाइतेलाई भेट्न रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पबाट घाइते भएकालाई भेट्न रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेका छन्।  

शनिबार बिहानै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट पुगेका प्रधानमन्त्री त्यहाँबाट रुकुम पश्चिम पुगेका हुन्।

रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री दाहालले घाइतेहरूको स्थितिबारे जानकारी लिएका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ०६:४१ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल