राजनीति

महिला कर्मचारीको नेतृत्वमा मतदान केन्द्र

कपिलवस्तु – तौलिहवास्थित बालमन्दिर भवनको मतदान केन्द्र महिलाहरुको नेतृत्वको जिम्मेवारीमा सुम्पिएको छ। 
 
उक्त मतदान केन्द्रमा आठ जना महिला कर्मचारी रहेका छन्। 
 
महिला कर्मचारीको प्रयासबाट मतदानस्थलको निर्माण सम्पन्न गरी भोलि हुने मतदान प्रक्रियालाई सहज र शान्त ढंगबाट सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिएको मतदान अधिकृत कमला पौडेलले बताए। 
 
यस केन्द्रमा ६८६ मतदाता रहेका छन् । 

प्रकाशित: २० मंसिर २०७४ १२:०० बुधबार

महिला कर्मचारीको नेतृत्वमा मतदान केन्द्र