राजनीति

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाइ

फाइल तस्बिर<br>

प्रधानमन्त्री पुष्पकमल दाहालले टी-२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमार्फत दाहालले नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका हुन्।

उनले भनेका छन्, 'टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।'

नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ। आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।

प्रकाशित: १७ कार्तिक २०८० ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App