राजनीति

मतदातालाई विवेकशील साझाको हस्तलिखित पत्र

काठमाडौं—निर्वाचनका लागि मौन समय सुरु हुनुभन्दा अगाडि दलहरुले मतदाता आकर्षित गर्न निर्णायक कसरत गरिरहेका छन्। निर्वाचन प्रचार गर्न पाउने अन्तिम दिन विवेकशील साझा पार्टीका काठमाडौं-९ का उम्मेदवार मिलन पाण्डे हातले लेखेको चिठी बोकेरै मतदाताको घरदैलोमा पुगे।

'खामभित्र हस्तलिखित पत्र पठाउने हाम्रो शैलीलाई मतदाताहरुले असाध्यै रुचाउनु भएको छ', पाण्डेले नागरिकन्युजसँग भने, 'मतदान गर्नुभन्दा अगाडि पुराना नेताको काम तराजुमा तौलेर मतदान गर्नुहुन्छ भन्ने अपेक्षा छ।'

विश्वासिलो वैकल्पिक राजनीतिक शक्ति मानिएको विवेकशील साझा पार्टीका उनले हातैले लेखेको खाममा राखेर मतदातालाई बाँडेका छन्। खामभित्र हरियो र कालो रंगको मतपत्र, उनले लेखेको एउटा लेख एवं हस्तलिखित पत्र समेत समावेश छ। यो पृथक शैलीले आम मतदाताहरुलाई अन्तिम घडीमा बिश्वास दिलाउन मद्दत गर्ने उम्मेदवा पाण्डेले बताए। मतादाताहरु नाझुक्किउन भनेर यसो गरेको उनले जानकारी दिए।

विवेकशील साझा पार्टीले काठमाडौँ क्षेत्र नं. ९ मा १७ गते 'रन्जुसँग यात्रा' कार्यक्रम मार्फत विभिन्न ठाउँहरुमा कोणसभा समेत गरेको छ। सभाहरुलाई रञ्जु दर्शनाले सम्बोधन गरेकी थिइन्।

काठमाडौँ क्षेत्र नं ९ मा कांग्रेसका ध्यान गोविन्द रञ्जित उठेका छन् भने बाम गठबन्धनबाट कृष्ण गोपाल श्रेष्ठ उम्मेदवार छन्। रंजित दुई पटक यो क्षेत्रबाट विजयी भइसकेका व्यक्ति हुन्। श्रेष्ठ यो क्षेत्रबाट दुई पटक हारेका उम्मेदवार हुन्। दुवै उम्मेदवार करिब २६ वर्षदेखि यो क्षेत्रबाट राजनीति गर्दै आएका व्यक्ति हुन्। पाण्डे भने विवेकशील साझा पार्टीबाट युवा पुस्तालाई राजनीतिमा स्थापित गराउन लागिपरेका छन्।

'खामभित्र हस्तलिखित पत्र पठाउने हाम्रो शैलीलाई मतदाताहरुले असाध्यै रुचाउनु भएको छ', पाण्डेले नागरिकन्युजसँग भने, 'मतदान गर्नुभन्दा अगाडि पुराना नेताको काम तराजुमा तौलेर मतदान गर्नुहुन्छ भन्ने अपेक्षा छ।'

प्रकाशित: १८ मंसिर २०७४ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App