राजनीति

चितवनवासीको चाहना बल्ल बुझ्दैछु : अध्यक्ष दाहाल

चितवन –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्। 

उनले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताएका छन्। 

“जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,” उनले भने। 

विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ नमुना प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको अध्यक्ष दाहालको भनाइ थियो। चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका दाहालले भने– “मेरो प्रतिस्पर्धी कोही छैन।” 

आफूले देश र जनताका लागि गरेको योगदानको जनताले मूल्यांकन गर्ने भन्दै उनले अब चितवनबाट विकास र समृद्धिको यात्रा शुरु हुने बताए। “यहीँको जनताले मलाई प्रचण्ड बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी हो,” अध्यक्ष दाहालले भने। 

प्रकाशित: १८ मंसिर २०७४ ०७:१३ सोमबार

चितवनवासीको चाहना बल्ल बुझ्दैछु अध्यक्ष दाहाल