राजनीति

जसपा नेपाल ललितपुरको अध्यक्षमा महर्जन

जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले कर्म महर्जनलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा किरणकुमार महर्जन र सुमन खड्का तथा सचिवमा सुरेन्द्र महर्जन, उपसचिवमा अस्वेन्दर् महर्जन र कोषाध्यक्षमा सविनकुमार महर्जन चयन भएका छन्।

 यसैगरी १६ सदस्य चयन गरिएको छ।कार्यक्रममा जसपा नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं बागमती प्रदेश इञ्चार्ज सुशीला श्रेष्ठ,केन्द्रीय समिति सदस्य भगवती सुवेदीलगायतको उपस्थिति थियो।

प्रकाशित: १५ कार्तिक २०८० १५:४० बुधबार

जसपा नेपाल ललितपुरको अध्यक्षमा महर्जन