राजनीति

भोलीदेखि संसदको बर्खे अधिवेशन अन्त्य हुने

संघीय संसदको बर्खे अधिवेशन बिहीबारबाट अन्त्य गर्ने तयारी गरिएको छ। गत बैशाख २४ गतेबाट सुरु भएको अधिवेशन असोज मसान्तमा अन्त्य गर्ने तयारी गरिएको थियो।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्थगित भएको नेपाल भ्रमण पुनः हुने भएपछि अधिवेशन जारी राखिएको थियो। चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। त्यसपछि दुबै सभाको बैठक बिहीबार बोलाइएको छ।

प्रतिनिधिसभाको बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। बिहीबार बिहान नौ बस्ने मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना भएको स्रोतले बतायो। बिहान संविधानको धारा ९३ मा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।

प्रकाशित: १५ कार्तिक २०८० ११:३१ बुधबार

संघीय संसदको बर्खे अधिवेशन