राजनीति

एमालेको चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी

नेकपा (एमाले) को चियापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पुगेका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका हुन्।

त्यस्तै नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री पनि चियापन  कार्यक्रममा सहभागी भएकी छिन्।  

एमालेका तत्कालिन पहिलो अध्यक्ष मनमोहन अधिकारीको पालादेखि चियापान कार्यक्रम सुुरु गरिएको हो। यो कार्यक्रममा सर्वसाधारणसहितलाई निम्ता दिइएको छ। 

प्रकाशित: १५ कार्तिक २०८० ०९:०६ बुधबार

एमालेको चियापन प्रधानमन्त्री पुष्पकमल दाहाल