राजनीति

एमालेको चियापान आज, प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई पनि निम्तो

नेकपा एमालेले आज चाडपर्व लक्षित चियापान कार्यक्रमको आयोजना गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम आज आयोजना गर्न लागेको हो।

चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको छ। चियापान कार्यक्रममा सर्वसाधारणलाई पनि उपस्थित हुन भनिएको छ।  

यसअघि हिजोका लागि तय भएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै आजको लागि सारिएको हो।  

प्रकाशित: १५ कार्तिक २०८० ०३:११ बुधबार

नेकपा एमाले चाडपर्व चियापान कार्यक्रम केपी शर्मा ओली