राजनीति

मिडियालाई विज्ञापन दिनु राजनीतिक दलको अधिकार : मिडिया सोसाइटी

काठमाडौं- नेपाल मिडिया सोसाइटीले सबै पक्षबाट निर्वाचनको वातावरण बनाउन तथा राजनीतिक निकास दिनुपर्ने बताएको छ।

देशलाई राजनीतिक निकास दिनका लागि ऐतिहासिक क्षण आएको बताउँदै मिडिया सोसाइटी नेपालले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो।

मिडियाले समाचार र सूचनाका माध्यमबाट जनतालाई सत्य तथ्य बुझ्‍न सहयोग गरेको मिडिया सोसाइटीको दाबी छ। चुनावका बेला राजनीतिक दलले मिडियालाई दिएको विज्ञापन अक्सिजन मात्र नभएर एक सार्वभौम अधिकार भएको सोसाइटीले बताएको छ।  

निर्वाचन आयोगले मिडियामाथि राजनीतिक विज्ञापन प्रचार प्रसार गर्न नहुने र त्यसो गरेमा मिडियामाथि कारबाही गर्ने बताएपछि मिडिया क्षेत्रलाई गम्भीर बनाएको छ।

निर्वाचन आयोगको उक्त आदेशले जनताको सूसुचित हुने अधिकार माथि बन्देज लगाएको मिडिया सोसाइटीको दाबी छ।

प्रकाशित: १४ मंसिर २०७४ १०:५१ बिहीबार

मिडियालाई विज्ञापन राजनीतिक दलको अधिकार मिडिया सोसाइटी