राजनीति

काँग्रेस उम्मेदवारको घरमा बम

मुगु— भर्खरै मंसिर दश गते सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पूर्व शिक्षा राज्य मन्त्रि हस्तबहादुर मल्लको घरमा बम फेला परेको छ।

घरको आँगनमा शंकास्पद बस्तु देखिएपछि विहानै सुरक्षा निकायमा खबर गरिएको थियो। छायानाथ रारा नगरपालिका वडा नम्बर एकमा रहेको मल्लको घरमा बम राखिएको भन्ने सुनिएपछि विहानैदेखि गाउँमा त्रास फैलिएको छ।

नेपाली सेना, नेपाल प्रहरीको टोली बम भएको स्थानमा पुगे पनि अहिलेसम्म बम निस्क्रिय पारिएको छैन। बम कसले किन राख्यो भन्ने विषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: १४ मंसिर २०७४ ०६:१२ बिहीबार

#चुनाब #मुगु #उम्मेदवार #बम