राजनीति

अब प्रतिपक्षमा बस्ने पालो कांग्रेसको: सचिब भट्टराई

तेह्रथुम– नेकपा एमालेका सचिव योगेश भट्टराईले अब एमालेको प्रतिपक्षीमा बस्ने दिन सकिएको बताएका छन्। तेह्रथुमको म्याङलुङ्गमा संयुक्त बाम गठबन्धनले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख तथा सचिब भट्टराईले यस अघि कम्युनिस्टहरु पटक पटक प्रतिपक्षमा बस्दै आए पनि अब प्रतिपक्षीमा बस्ने पालो काग्रेसको आएको बताएका छन्।

चुनाबीसभालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख तथा सचिब भट्टराईले चुनावपछि वामपन्थीहरुको बहुमतको सरकार बन्ने ठोकुवा गरेका छन्। वाम एकताले नेपाली कांग्रेस आत्तिएको र प्रधानमन्त्री शेरबहादुर देउवा सहित नेताहरुले जथाभावी बोल्दै हिड्न थालेको भन्दै नेता भट्टराईले कांग्रेसले अब थोरैमा पचास वर्षजति प्रतिपक्षीमा बस्नु पर्ने बताए।

देशमा कम्युनिष्ठहरुको पटक पटकको पहलमा संबिधानजारी भएको संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि अब वाम गठबन्धनको बिजयको बिकल्प नभएको बताएका छन्। लामो सयम पछि देशमा बामपन्थीहरु एकजुट भएकाले अव नेपाली जनता र नेपालको विकास र समृद्धिको दिन शुरु भएको सचिव भटराईले दाबी गरे । उनले मंसिर २१ पछि नेपालमा कम्युनिष्ट सरकार आउने वताउँदै सचिव भटराईले त्यसपछि देशको विकासले गति लिने धारणा राखे।

सभामा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टंक आङबुहाङले अहिलेसम्म तेह्रथुम  जिल्ला विकटको रुपमा परिचित भएको भन्दै बामगठवन्धनको जितले पाँच वर्षमा जिल्लाले विकासको कोल्टे फेर्ने बताए ।उनले यहाँको कृषि र पर्यटनको सम्भावना बोकेका क्षेत्रको विकास गरी समृद्ध तेह्रथुम निर्माणमा बामगठवन्धनको सरकार आवश्यक भएकोले अब त्यो दिन चाडै आउने ठोकुवा गरे।

कार्यक्रममा एमाले नेता तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार विजय सुब्बा, प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार भवानीप्रसाद खापुङ, प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार तेजमान कन्दङवा, प्रतिनिधि सभाकी समानुपातिक उम्मेदवार सुशिला कन्दङवा, प्रदेश सभाका समानुपातिक उम्मेदवार अनुभूतिबम नेपाली, जिल्ला उपाध्यक्ष सन्जय तुम्बाहाम्फे लगायत नेताहरुले मन्तव्य राखेका थिए।

प्रकाशित: १३ मंसिर २०७४ १४:०५ बुधबार

अब प्रतिपक्षमा बस्ने पालो कांग्रेसको सचिब भट्टराई