राजनीति

बम र ध्वंशले फाइदा गर्दैन: वर्षमान पुन

वर्षमान पुनः फाइल तस्विर

दाङ—माओवादी केन्द्रका नेता  वर्षमान पुनले ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताएका छन्। कुनै बेला माओवादी सेनाका डेपुटी कमान्डर पुनले यो हतियार उठाउन सही समय नरहेको उल्लेख गरे।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजोसँगै हतियार उठाएका मित्र(नेत्रविक्रम चन्द समूह)ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गरे। 'हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ', उनले भने।

नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको भनी उनले चिन्ता व्यक्त गरे। 'नेकपाका गतिविधि आपराधिक र अराजनीतिक भइरहेका छन्', पुनले भने, 'हिजो जनयुद्धमा आमसभामा कतै बम विस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ। यो राजनीतिक काम भएन।'

सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भनी पुनले आक्रोश व्यक्त गरे।

प्रकाशित: १३ मंसिर २०७४ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App