राजनीति

निर्वाचनको लागि कांग्रेसले जिल्लामा प्रतिनिधि खटायो

काठमाडौं– नेपाली कांग्रेसले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिणामलाई पार्टीको पक्षमा पार्न केन्द्रीय प्रतिनिधि खटाएको छ। केन्द्रीय निर्वाचन परिचालन समितिले मंगलबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्ला मध्य ४४ जिल्लामा पार्टीका विभिन्न तहका नेताहरुलाई खटाएको हो।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँण नेतृत्व समितिले पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला बाहेक सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसले इलाम तारामान गुरुङ, झापा केशव निरौला, तेह्रथुम उत्तमप्रसाद चापागाई, धनकुटा बालकृष्ण थापा, मोरङ खिलानाथ दाहाल, सुनसरी    थलकुमार लिंखा, उदयपुर प्रेमध्वज लामा,सप्तरी चित्रलेखा यादव, सिरहा महेन्द्रप्रसाद यादव, सिन्धुली बालचन्द्र पौडेल र धनुषा बजरङ्ग नेपालीलाई खटाएको छ।

त्यस्तै, महोत्तरी स्मृति नारायण चौधरी, सर्लाही रामचन्द्र तिवारी, काठमाडौं प्रेम वहादुर खडका, भक्तपुर कमला पन्त, ललितपुर डा.राजाराम कार्की, काभ्रे बहादुर सिंह (लामा) तामाङ, मकवानपुर जीवनप्रेम श्रेष्ठ, रौतहट गणेशचन्द्र तिमल्सिना, बारा राजकृष्ण अमात्य, पर्सा शोभाकर पराजुली, चितवन भीम ढुङ्गाना, कास्की तुलसीनारायण श्रेष्ठ, तनहुँ रामनाथ अधिकारीलाई तोकेको छ।

स्याङजा डा.नारायण चापागाई, गुल्मी डा.टकराज गुरुङ्ग, पाल्पा चन्द्र वहादुर कुँवर, अर्घाखाँची रेशम बाँनीया, नवलपरासी (पूर्व) किरण पौडेल, नवलपरासी (पश्चीम) प्रमोद शर्मा, रुपन्देही अयोध्या यादव, कपिलवस्तु जयवहादुर टण्डन, पर्वत मणीभद्र शर्मा, प्यूठान बालकृष्ण पाण्डे, सल्यान जीत बिक्रम मल्ल, दाङ प्रा.डा. धनेश्वर नेपाल, दैलेख कान्तीका सैजवाल, सुर्खेत धुर्व अधिकारी, बाँके अब्दुल सतार, वर्दिया उद्धव सिग्देल, अछाम अक्कलदेव मिश्र, डोटी रिता शाही, कैलाली देवराज जोशी र कञ्चनपुर दिलेन्द्रप्रसाद वडुलाई खटाएको छ ।

यसअघि पनि कांग्रेसले पहिलो चरणमा निर्वाचन भएका सबै ३२ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो ।

 

प्रकाशित: १२ मंसिर २०७४ ११:५७ मंगलबार

निर्वाचनको लागि कांग्रेसले जिल्लामा प्रतिनिधि खटायो