राजनीति

काँग्रेस चुनाबपछि पनि चिकित्सा शिक्षा सुधारकै पक्षमाः देउवा

काठमाडौं— प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि काँग्रेस चिकित्सा शिक्षा अध्यादेशलाई संसदबाट पारित गर्न लागिपर्ने बताएका छन्। मेडिकल माफियाविरुद्ध संघर्षरत डा.गोविन्द केसीसँग मंगलबार बिहान भेट गर्दै देउवाले बाम गठबन्धले बहुमत पनि नल्याउने र चिकित्सा शिक्षा अध्यादेश उल्टाउन पनि नसक्ने दाबी गरे।

'म कन्भिन्स भएरै अनसनका माग पूरा गर् लागेको हुँ। चुनाबपछि चिकित्सा शिक्षा आयोग पनि बन्छ', प्रधानमन्त्री देउवाले डा.केसीलाई भने।

भेटका अवसरमा अध्यादेश ल्याएर नेपालको चिकित्सा शिक्षा व्यवस्थित गर्न भूमिका निर्वाह गरेकोमा डा.गोविन्द केसीले देउवालाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित: १२ मंसिर २०७४ ०७:५८ मंगलबार

काँग्रेस चुनाबपछि चिकित्सा शिक्षा सुधारकै पक्षमाः देउवा