तेह्रथुम- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनका कारण देश खतरामा पुगेको बताएका छन्। नेपाली कांग्रेस तेह्रथुमले सदरमुकाम म्याङलुङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशमा वाम गठबन्धनको सरकार बने लोकतन्त्र खतरामा पर्ने धारणा व्यक्त गरे। उनले बिश्वबाट नै लोप हुँदै गएको कम्युनिष्ठ अधिनायकबाद नेपालमा गठबन्धनको नाममा जन्माउन खोजेको भन्दै कांग्रेसले यसलाई असफल बनाउने समेत दाबी गरे।
जिल्ला स्तरिय आमसभालाई सम्बोधन गर्न तेह्रथुमको म्याङलुङ पुगेका प्रधानमन्त्रीको भाषण सुन्न गाउँ गाउँबाट मतदाताहरु सदरमुकाम आएका थिए।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङ प्रतिनिधी सभाको प्रत्यक्ष उम्मेदवार भए पछि उनलाई जिताउनका लागि जिल्लाबासीहरुसंग बरिष्ठ नेता राम चन्द्र पौडेल समेत सभामा सहभागी भएका थिए। उनले वाम गठबन्धनले एक दलिय शासन ल्याउन खोजेकाले सबै अधिकार सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने धारणा राखे। यस्तै प्रदेशसभामा क निर्वाचन क्षेत्रमा जिल्ला सभापति गोबिन्द ढुंगाना र ख निर्बाचन क्षेत्रमा प्याब्सनका केन्द्रिय अध्यक्ष बिजय सम्बाहाङफेको उम्मेदवार भएका छन्।
प्रकाशित: ११ मंसिर २०७४ ०९:४८ सोमबार