राजनीति

बझाङमा ४५ प्रतिशत मतदान

बझाङ - बझाङमा अहिलेसम्म ४५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बास्तोलाले जिल्लामा ४५ प्रतिशत मतदान भएको बताए। मतदान गर्न मतदाताहरु लामबद्ध रहेका छन्।

जिल्लामा छिफुट घटना समेत भएका छन्। जयपृथ्वी नगरपालिकामा सैनिक व्यारेक अगाडी राखिएको प्रेसर कुकर बम सेनाले डिस्पोज गरेको छ। यस्रतै दुर्गाथली गाउँपालिकाको चौतारी डाँडामा समेत बम विष्फोट भएको छ।

थालारा गाउँपालिका शैलेश्ररी मतदान कनेद्रमा सामान्य झडप हुँदा १ जना घाइते भएका छन्। मालिका मस्टा गाउँपालिकाको मालिका निमावि केन्द्रमा निर्वाचित वडाध्यक्ष टेकबहादुर कठायतले ढुगाले हान्दा नेपाली कांग्रेसका रामबहादुर धामीको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा ७ वटा टाँका लगाइएको छ। थप झडपको स्थिती आउन नदिन उक्त क्षेत्रमा हेलिकप्टरले गस्ती गरेको छ।

प्रकाशित: १० मंसिर २०७४ ०९:५८ आइतबार

बझाङमा ४५ प्रतिशत मतदान