राजनीति

जाजरकोटमा २२ प्रतिशत मत खस्यो

जाजरकोट – पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भइरहेको जाजरकोटमा ११ बजेसम्म २२ प्रतिशत मत खसेको छ ।  जिल्लाका  १ सय १६ वटा मतदान केन्द्रमा २२ देखि २५  प्रतिशतसम्म मत खसेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको  छ। बिहान विहान ११ बजेसम्मको  मतदानको रिपोर्ट अनुसार  जिल्लामा  २२ देखि २५ प्रतिशत मतदाताले आफ्नो मताधिकारको प्रयोग गरिसकेको  मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताएका छन् ।
मौसमीको कारण जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रका मतदान केन्द्रहरुमा बिहान ११ बजेपछिमात्र मतदाताको चाप परेको छ भने अन्य मतदान केन्द्रहरुमा  बिहानैदेखि मतदाताहरुको भिड लागेको छ । ८५ मतदानस्थल  र एक सय १६ मतदान केन्द्रहरुमा  बिहान  ७ बजेदेखि मतदाताहरु भोट हाल्न मतदान केन्द्रमा लाइन बस्न  पुगेका थिए ।  जिल्लामा  यसपटकको  निर्वाचनमा  ८३ हजार  ९ सय ३७ मतदाताले आफनो मताधिकार प्रयोग गर्दैछन् । जाजरकोटमा  यसपटक  प्रतिनिधि सभाका लागि  ५ दलका  ५ जना र  प्रदेश सभाका लागि ५ दलबाट ९ जना उम्मेदवारहरुले  प्रतिष्पर्धा गरिरहेका छन् ।  

 

प्रकाशित: १० मंसिर २०७४ ०७:०० आइतबार

जाजरकोटमा २२ प्रतिशत मत खस्यो