राजनीति

गरिबी, बेरोजगारी र भ्रष्टाचारकाविरुद्ध साझा रुपमा लडौँ: सभापति लामिछाने

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारकाविरुद्ध साझा रुपमा लड्नुपर्ने बताएका छन्।

शनिबार नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशमा गरिबी, बेरोजगारी र भ्रष्टाचार सबै राजनीतिक दलका दुस्मन भएको भन्दै त्यसका विरुद्धमा साझा रुपमा लड्नुपर्ने बताएका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी यिनै साझा दुश्मनका विरुद्ध लडिरहेको भन्दै कुनै राजनीतिक दलहरुसँग आफूहरुको प्रतिष्पर्धा नभएको बताए। उनले आफूहरुको चुनौती पार्टी निर्माण, संगठनको चुस्तता र दस्ताबेज निर्माणमा भएको उल्लेख गरे। रास्वपा रास्वपा आफ्नै खुट्टामा अल्झिएर लड्छ कि भन्ने विषयमा सोच्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

सभापति लामिछाने नेपाली जनताका मुद्दाहरुमा मेलमिलापको नीतिको सान्दर्भिकता कहिल्यै पनि नहट्ने बताए। काँग्रेसले अंगिकार गरेको विगतको मेलमिलापको नीति, चुनौती र पात्रहरु अलग भएपनि सो नीतिलाई एउटा असल नीतिको रुपमा लिन सकिने सभापति लामिछानेको भनाई छ।

प्रकाशित: ११ कार्तिक २०८० १३:३३ शनिबार