राजनीति

२०८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन्।आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। 

उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए। उनले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको बताए। 

उनले आउने चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने बताए। सभापति लामिछानेले नेपालीहरुको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए।  

प्रकाशित: ११ कार्तिक २०८० ०७:०८ शनिबार

२०८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः सभापति लामिछाने