राजनीति

मौन अवधिमा सञ्चारमाध्यममा आचारसंहिता उल्लंघनका ४८ घटना

काठमाडौँ - प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ । 
काउन्सिलका अनुसार विभिन्न २४ वटा आम सञ्चारमाध्यममा ४८ वटा आचारसंहिता उल्लंघनका घटना पाइएका छन् । तीमध्ये ११ वटा छापामा २४, तीनवटा रेडियोमा चार÷चार वटा, टेलिभिजमा पाँच र छ वटा अनलाइनमा १५ वटा घटना देखिएका छन् । 
यी आम सञ्चारमाध्यमले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारका चुनावी सार्वजनिक कार्यक्रमको प्रचारप्रसार तथा विज्ञापन सम्प्रेषण गरेको पाइएको छ । आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण गरेकाले यी सबै आम सञ्चारमाध्यमलाई पत्रकार तथा निर्वाचन आचारसंहिता पालनामा सचेत रहन तत्कालै पत्राचार गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए । 
मौन अवधि शुरु हुनुअघिसम्म विभिन्न ५४ वटा आम सञ्चारमाध्यममा यस्तै उल्लंघनका ११३ वटा घटना देखिएका थिए, जसमा २४ वटा छापामा ३४ वटा, १८ वटा रेडियोमा ३२, सातवटा टेलिभिजमा २७ र पाँचवटा अनलाइनमा २० वटा घटना पाइएका थिए ।  (रासस)
 

प्रकाशित: १० मंसिर २०७४ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App