राजनीति

चीनका पूर्वप्रधानमन्त्री लीको निधन

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको शुक्रबार अचानक हृदयाघातका कारण निधन भएको छ। सिन्ह्वा समाचार एजेन्सीका अनुसार कम्युनिस्ट पार्टीको १७औं, १८औं र १९औं केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री लिको ६८ वर्षको उमेरमा शुक्रबार सांघाईमा निधन भएको हो। मुलुककै दोस्रो सर्वोच्च नेताको पदबाट हटेको एक वर्ष नपुग्दै उनको हृदयाघातका कारण निधन भएको हो।

प्रकाशित: ११ कार्तिक २०८० ०१:३४ शनिबार

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङ