राजनीति

शान्ति प्रक्रियाका बाँकी काम विधेयकबाट टुङ्गाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको बताएका छन्।  

बिहीवार रुकुम पश्चिम पुगेका प्रधानमन्त्री दाहालले जनयुद्धमा सहिद, बेपत्ता र घाइतेभएहरूप्रति उच्च सम्मान गर्दै जनयुद्ध दिवस मनाउन लागिएको बताए। उनले यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको भन्दै सहिदहरूप्रति उच्च सम्मान रहेको उल्लेख गरे।

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गाउने विधेयक सदनमा पुगेको जानकारी दिँदै यो विधेयक टुङ्गिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुने बताए।

उनले सहिद पार्क र स्तम्भहरू बन्ने भन्दै यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुने बताए।

मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएको भन्दै प्रधानमन्त्री दाहालले बाँकी कामहरू पनि छिटै सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: १० कार्तिक २०८० ०३:२० शुक्रबार

नेकपा माओवादी केन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल जनयुद्ध दिवस