राजनीति

रोचक बन्दै सिन्धुपाल्चोकको भिडन्त (भिडियो)

सिन्धुपाल्चोक—चुनावी प्रचारलाई आक्रमक बनाउँदै सिन्धुपाल्चोकमा बाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु घरदैलोमा बस्त छन्। चुनाव नजिकिँदै गर्दा उनीहरु निकै व्यस्त र धपेडीमा छन्। एकै दिन पाँच–गाउँमा सभा, कोणसभा र घरदैलो गरेर उम्मेदवाहरु चुनावी प्रचारको अन्तिम तयारीमा जुटेका छन्।

संविधान कार्यान्वयन र आर्थिक समृद्धिलाई उम्मेदवारहरुले चुनावी नारा बनाएका छन्। कतिपय अवस्थामा उत्तेजक भाषण गर्ने उनीहरु एकअर्कालाई आरोप प्रत्यारोप गर्नसमेत पछि पर्दैनन्।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा दलहरु बाम र लोकतान्त्रिक ध्रुवमा बाँडिएपछि यहाँका चुनाव पेचिलो बनेको छ। प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा सरकारका सूचना तथा सञ्चारमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटा र क्षेत्र नं. २ मा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणा, एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङबीचको प्रतिस्पर्धाले दुबै क्षेत्रको निर्वाचन रोचक बनेको छ।

‘हेभीवेट’का नेता र युवा नेताबीचको भिडन्तले प्रदेशसभा निर्वाचन समेत चाख लाग्दो भएको छ। आफ्नो पक्षमा जनमत बटुल्न उम्मेदवारहरु अन्तिम कसरत गरिरहेका छन्। विकासका अजेन्डा अघि सार्दै उनीहरु मतदाता आकर्षित गर्न तल्लित छन्। संविधान कार्यान्वयन र आर्थिक समृद्धिलाई उम्मेदवारहरुले चुनावी नारा बनाएका छन्। कतिपय अवस्थामा उत्तेजक भाषण गर्ने उनीहरु एकअर्कालाई आरोप प्रत्यारोप गर्नसमेत पछि पर्दैनन्।

भिडियो हेर्नुहोस् (माथि)

प्रकाशित: ७ मंसिर २०७४ ०९:०५ बिहीबार

#चुनाब #सिन्धुपाल्चोक #रोचक