राजनीति

वाम गठबन्धनले बहुमत ल्याउँछः नेता नेपाल

लहान – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गेरेका छन्। 

सिरहाको लहानमा बुधबार आयोजित चुनावी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास र समृद्धिका लागि वाम गठबन्धन बनेकाले जनताले गठबन्धनलाई बहुमत दिने दाबी गरे। ‘गठबन्धनको बहुमत आउने देखेर काँग्रेसलगायत दल अत्तालिएका छन्”–उनले भने। 

एमालेलाई कहिले लोकतन्त्र विरोधी, कहिले मधेश विरोधी त, कहिले विकास विरोधी भनी केही दलले प्रचार गर्दै आएको आरोप लगाउँदै उनले भने, “वृद्धवृद्धा र एकल महिलालाई भत्ता दिने, दलित, विपन्नलाई जनता आवास बनाउने निर्णय एमालेकै पालामा भएको छ, यसरी जनप्रिय र विकासको काम गर्ने एमाले कसरी लोकतन्त्र र विकास विरोधी हो ?” 

सो अवसरमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवसहित विभिन्न पार्टीका दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए । 

प्रकाशित: ६ मंसिर २०७४ १३:४७ बुधबार

वाम गठबन्धनले बहुमत ल्याउँछः नेता नेपाल