राजनीति

चुनाबको चटारोले निधि अस्पताल भर्ना

पुत्रशाेकमा रहेका माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल भेट्दै काँग्रेस नेता विमलेन्द्र निधि

काठमाडौं— चुनाबी चटारोले अस्वस्थ नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन्। छ–सात दिनदेखि छाति दुख्ने र ज्वरो आउने भएपछि उनी सोमबार अपरान्ह जाँचका लागि काठमाडौंस्थित ओम अस्पताल पुगेका थिए। चिकित्सकले उनलाई भर्ना गरे।

चिकित्सकले उनको स्वस्थ्य परीक्षणपछि भर्ना गर्नुपर्ने भन्दै थप जाँच थालेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले बताए। निधिको उपचारमा पेट रोग विशेषज्ञ डा.राहुल पाठक र छाति रोग विशेषज्ञ डा.सुवोध सागर ढकाल संलग्न रहेको अस्पतालले जनाएको छ। चिकित्सकले निमोनियाको आशंका गरेका छन्।

अस्पताल जानुअघि निधि माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाट पुगेर पुत्र शोकमा रहेका दाहालप्रति समवेदना व्यक्त गरेका थिए। निधि धनुषा–३ बाट नेपाली काँग्रेसका उम्मेदवार हुन्।

प्रकाशित: ४ मंसिर २०७४ १२:४३ सोमबार

#चुनाब #विमलेन्द्र #निधि #दाहाल