राजनीति

हिंसाद्वारा निर्वाचनमा अवरोध निन्दनीयः अमेरिका

काठमाडौं–स्थानीय तहका तीन ओटै चरणका निर्वाचन व्यापक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको अवस्थामा राजनीतिक उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिकाले चिन्ता व्यक्त गरेको छ। 'हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ', काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।

'हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ', काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।

'हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ', काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया अपनाउन अमेरिकाले आग्रह गरेको छ। 'हिंसा वा हानीको डरत्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो', विज्ञप्तिमा भनिएको छ।

नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न पनि अमेरिकाले सबै पक्षलाई आग्रह गरेको छ।

निर्वाचन राजनीतिक बहसको समय भए तापनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त गर्न पाइने भन्दै अमेरिकाले भनेको छ, 'हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह गर्न चाहन्छौँ।'

 

प्रकाशित: ४ मंसिर २०७४ ११:२० सोमबार

#चुनाब #हिंसा #अमेरिका #निन्दा