राजनीति

काँग्रेस उम्मेदवार आचार्यको घर नजिकै बम

काँग्रेस उम्मेदवार अाचार्यको घर नजिकै राखिको विस्फोटक पदार्थ

रसुवा— प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम फेला परेको छ। 
रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित चौतारामा सुतली बम फेला परेको हो।

बम राखिएको जानकारी पाए लगत्तै जिल्लाको कालिकास्थानबाट नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ खटिएको छ। 

निर्वाचनलाई लक्षित गरी बिहान ७ बजेतिर बम राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  निर्वाचनलाई लक्षित गरी अज्ञात समुहबाट बम राखिएको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: ४ मंसिर २०७४ ०६:२० सोमबार

#चुनाब #काँग्रेस #बम