राजनीति

बाम गठबन्धन ठगहरुको समूह : उपेन्द्र यादब

काठमाडौं—संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको आरोप लगाएका छन्। बाम गठबन्धन मधेसका लागि घातक भएको पनि उनले जाए।

सप्तरी निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाऊँ पालिका वड़ा न. ३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भने, 'वाम गठबन्धन मधेश र पूरै देशको लागि घातक छ। ढोंगको खोल ओडेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी छ।' 

अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको समेत बताए। 'मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो। जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ', उनले भने।

मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड़ने दाबी उनले गरे। त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन उनले अपिल गरे।

प्रकाशित: ४ मंसिर २०७४ ०५:४१ सोमबार

#चुनाब #मधेस #उपेन्द्रयादब