राजनीति

कांग्रेस उम्मेदवारको गाडीमा बम पड्कियो

तस्बिर सौजन्य : बसन्त खतिवडा

सिमरा- जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराएको छ।

निर्वाचन क्षेत्र नं ४ का कांग्रेसतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी आज बिहान ५ः३० बजे बा१४च ६३३० नंको जिपमा विस्फोट गराइएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले गाडीमा क्षति भएपनि मानवीय क्षति नभएको जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७४ ०३:१० सोमबार

कांग्रेस उम्मेदवारको गाडीमा बम पड्कियो