राजनीति

पुष्पकमलले दिए दागबत्ती

अन्त्येष्टिका लागि अार्यघाटमा प्रकाश दाहालको शव। तस्विरः प्रशान्त लामिछाने

काठमाडौं—आइतबार विहानमात्र निधन भएका छोरा प्रकाशको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ। पिता पुष्पकमल दाहालले पुत्र प्रकाशको पार्थिव शरीरमा दाबगत्ती दिएका छन्।

दिवंगत प्रकाशका छोराहरुको ब्रतबन्ध नभएका कारण पिताले दागबत्ती दिएका हुन्। प्रकाशका दुई श्रीमतीबाट दुई छोराहरु छन्। जेठी पत्नी सिर्जना त्रिपाठी तर्फका छोरा प्रसिद्ध ८ वर्षका छन्। बीना मगरतर्फबाट जन्मिएका छोरा प्रणव ४ वर्ष मात्र पुगेका छन्।

उमेर सानै भएकाले उनीहरुको ब्रतबन्ध भएको छैन। ब्रतबन्ध नभएका छोराले दागबत्ती दिन नपाउने हिन्दू परम्परा रहँदै आएको छ। 

प्रकाशित: ३ मंसिर २०७४ ११:०८ आइतबार

पुष्पकमलले दिए दागबत्ती