राजनीति

राष्ट्रपतिबाट समवेदना प्रकट

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र तथा नेकपा (माओवादी) केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले आज माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष दाहालसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको हो।

समूहले स्व दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट गरेको थियो।
 

समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा.मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी थिए।

प्रकाशित: ३ मंसिर २०७४ १०:५३ आइतबार

राष्ट्रपतिबाट समवेदना प्रकट