राजनीति

निर्वाचन कार्यालयमा राखेको सकेट बम सेनाले निस्क्रिया पार्‍यो

धादिङ—जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।

मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो। खबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निस्क्रिय पारेको हो।

जिल्ला निर्वाचन कार्यालयको भवन भूकम्पले गर्दा भत्केपछि हाल नीलकण्ठ नगरपालिका– ३ धादिङ बेँसीस्थित पुछार बजारमा भाडामा सञ्चालन गरिँदै आएको छ। बम कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए।

प्रकाशित: ३ मंसिर २०७४ १०:०० आइतबार

#चुनाब #निर्वाचनकार्यालय #धादिङ #बम