राजनीति

माओवादी केन्द्रका अध्यक्ष दाहाल नर्भिक पुगे

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन्। चुनावी सभाको सम्बोधन गर्न झापा पुगेका दाहाल छोरा प्रकाश दाहालको निधनको खबरसँगै काठमाडौं फर्किएका हुन्। उनी हेलिकोपटरबाट काठमाडौं फर्किएका हुन्।

प्रकाश दाहालको आज बिहान निधन भएको हो। उनलाई अस्पताल पुर्‍याउँदा निधन भइसकेको नर्भिकका महाप्रबन्धक रवि शर्माले जानकारी दिए।

प्रकाशित: ३ मंसिर २०७४ ०६:१८ आइतबार

माओवादी केन्द्रका अध्यक्ष दाहाल नर्भिक पुगे