राजनीति

सिन्धुपाल्चोकमा के गर्दैछिन् रेखा थापा? (भिडियो)

सिन्धुपाल्चोक—नायिका रेखा थापालाई चुनावी चटारो छ। फिल्म कर्मलाई स्थगित गरेर उनी केही दिनयता सिन्धुपाल्चोकका गाउँघर चाहार्दै भोट माग्न व्यस्त छिन्। उनी राप्रपा (प्रजातान्त्रिक) की सहमहामन्त्रीसमेत हुन्। उनका पार्टी अध्यक्ष पशुपति राणा सिन्धुपाल्चोक–२ प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन्।

भोट माग्दै बिहीबार घरदैलो गरिरहँदा अभिनेतृ थापा साँगाचोक, भीमटारस्थित पिछडिएका अल्पसंख्यक माझी गाउँमा भेटिइन्। कुर्ता, सलवारमा आएकी उनलाई हामीले सोध्यौँ–तपाईँ किन यहाँ आइपुग्नु भयो ?

राणासहित लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा खुलेरै मत माग्दै उनी बिकट गाउँ डुलिरहेकी छिन्। उम्मेदवार मनोनयन दर्ताकै दिनदेखि उनको मन सिन्धुपाल्चोकमा छ।

राणाको उम्मेदवारी दर्ता गराउने बेलामा पनि उनी जुलुसको नेतृत्व गर्दै निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन्। भोट माग्दै बिहीबार घरदैलो गरिरहँदा अभिनेतृ थापा साँगाचोक, भीमटारस्थित पिछडिएका अल्पसंख्यक माझी गाउँमा भेटिइन्। कुर्ता, सलवारमा आएकी उनलाई हामीले सोध्यौँ–तपाईँ किन यहाँ आइपुग्नु भयो ?

तस्विर तथा भिडियो: ध्रुव दङ्गाल

प्रकाशित: १ मंसिर २०७४ १२:५० शुक्रबार

#चुनाब #सिन्धुपाल्चोक #रेखाथापा