राजनीति

रामशरण महत चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

बम विस्फाेटका घाइतेहरू(बायाँ) र विस्फाेट गराइएकाे गाडी ।

नुवाकोट – चुनावी प्रचारप्रसारमा हिडेका नुवाकोट क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको गाडीलाई लक्षित गरी शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ । 

प्रतनिधिसभा क्षेत्र नं १का उम्मेदवार डा.रामशरण महत र क्षेत्र नं १ काे प्रदेशसभा ‘ख’ का उम्मेदवार रमेशकुमार महतको गाडीलाई लक्षित गर्दै  ककनी गाँउपालिका वडा नं. ५ काउलेथानामा प्रेसरकुकुर बम विस्फोट बम विस्फोट हो । विष्फोटबाट उम्मेदवारहरूसँगै चुनावीप्रचारमा हिडेका ५ जना कार्यकर्ता घाइते भएका छन् । 

घाइते हुनेमा उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सबिन लामा, र रमेश राई रहेका छन् भने एक जना घाइतेको नाम खुल्न बाँकी रहेको छ ।  

उम्मेदवार महतद्धय चढेको बा.१४ च ७०४१ नंं को गाडीलाई बम विस्फोट गराएको भए पनि कार्यकर्ता चढेको बा. १६ च ६६५ नं गाडीमा विस्फोट भएको हो । घाइते भएकाहरूलाई उपचारको लागि काठमाडौँ लगिएको उम्मेदवार रमेशकुमार महतले जानकारी दिए । विस्फोटबाट बा. १६ च ६६५ नं गाडीमा क्षति पुगेको छ। 

प्रकाशित: १ मंसिर २०७४ ०६:१७ शुक्रबार

रामशरण महत चढेको गाडीलाई लक्षित गरी बम विस्फोट