राजनीति

सम्झौता रद्द गर्ने अधिकार यो सरकारलाई छैन : ओली

काठमाडौंं – नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले चुनावी सरकारलाई कुनै पनि नयाँ सम्झौतागर्ने र रद्द गर्ने अधिकार नभएको बताएका छन् । नेकपाएमाले काठमाडौंद्वारा आयोजित परिचय कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष ओलीले कुनै सम्झौतागर्नु परे वा रद्द गर्नुपरे निर्वाचित सरकारले मात्रै गर्न सक्नेबताए। 

‘स्थानीय चुनावमा खर्च जुटाउन पहिला धमाधम लाइन्सेस दिने र अहिले नपाउँदा फेरि रद्द गर्न सरकार लागेको छ,’ ओलीले भने, ‘लाइसेन्स दिने वानदिने वा देशको हितवितरीत भएको भएत्यसलाई रद्द गर्ने काम चुनावबाट बन्ने सरकारको हो ।’बुढीगण्डकी आयोजनानिर्माण गर्न चिनियाँकम्पनीलाई दिएको लाइसेन्स सरकारले रद्द गरेको एक दिनपछि अध्यक्षओलीको धारणा आएको हो। 

ओलीले गृहमन्त्रालयबाट सहयोगकानाममाचुनावलाई प्रभावितगर्ने गरी रकमवितरण भइरहेको भन्दै पनिआपत्तिजनाए । ‘यो विषयपत्रिकामा समेत आएको छ,’ ओलीले भने। 

ओलीले सरकारले चुनावकालागिदिनुपर्ने शान्ति सुरक्षामाभने चुकेको बताए । ‘सरकारको ध्यानशान्तिसुरक्षादिनेमाहुनुपर्ने हो । बम हान्नेलाई कारबाहीहुँदैन,’ओलीले भने, ‘आजै मात्रै पूर्वमन्त्री रहेकाएमाले पोलिटब्युरो सदस्य शेरधन राईमाथिगोलीप्रहार भयो । स्थिति यस्तो छ । सरकार केहीगर्दैन ।’ उनले नेपालीकांग्रेस विचार शून्यहुँदै गएको बताए। 

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पहिलोपटक देशमा वामपन्थी शक्ति बहुमतमा पुग्ने अवस्थामा पुगेको बताए । ‘कांग्रेसले तीनपटक बहुमतका सरकार चलाउने अवसर प्राप्त गर्‍यो तर आफ्नै कारण पाँचवर्ष पूरा गर्न असफलभयो’, नेपालले भने, ‘वामपन्थीएकताको कारण पहिलोपटक हामी बहुमतको नजिकपुगेका छौं ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले देशलाई अस्थिरताको भुमरीबाट बाहिर निकाल्न वामपन्थीदलबीच एकताभएको बताए । ‘देशअस्थिरताको भुमरीमा फसेको छ । त्यसबाट बाहिर निकाल्नका लागि एकता हो’,उनले भने, ‘त्यसैले विरोधीहरु अत्तालिएका छन् ।’

प्रकाशित: २९ कार्तिक २०७४ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App