राजनीति

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन हिक्मत कार्कीको राप्रपालाई आग्रह

नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन राप्रपालाई आग्रह गरेका छन्।

आजको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन राप्रपालाई आग्रह गरेका हुन्।

कोशी प्रदेशमा दलहरूको एकताको संदेश देशैभरी दिनका लागि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन नेता कार्कीले राप्रपालाई आग्रह गरे।

कार्कीले भने,‘कोशी प्रदेशबाट दलहरूको एकताको संदेश दिन मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन राप्रपालाई आग्रह गर्दछु।’ कार्कीले कसैलाई फुटाउन एमालेलाई आवश्यक नरहेको बताए। उनले एमालेप्रति कुण्ठा नराख्न पनि गठबन्धनका दलहरूलाई कार्कीले आग्रह गरे। 

प्रकाशित: १ कार्तिक २०८० १०:०२ बुधबार

हिक्मत कुमार कार्की