राजनीति

होटेलमा एक महिलाको हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ

रूकुम पश्चिमको मुसिकोट नगरपालिका-१ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए।

मुसिकोट नगरपालिकाका-७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा  मङ्गलबार बिहान मृत फेला परेपछि  साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरिएको र मृतक महिलाको घाँटी रेटेर हत्या गरिएको उनको भनाइ थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो।  

प्रकाशित: १ कार्तिक २०८० ०७:०५ बुधबार

मुसिकोट नगरपालिकाका-७ साँखकी २८ वर्षीया भावना विक