राजनीति

पूर्वराजा शाहलाई नेपालको चुनौतिः पार्टी खोलेर चुनाव लड्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौति दिएका छन्।

आज भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति भएको र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउनुस्।’  

उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए। उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए।

उनले भने, ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकएक कुराहरू थाहा छ। त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होशियार हुनुपर्छ । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन।’

हामी अहिले देशका समस्या पहिचान गर्ने कुरामा अघि बढेका छौँ भन्दै अध्यक्ष नेपालले यो गठबन्धन ५ वर्षको लागि बनाएका र यसलाई भत्काउने अनेक कोशिस भइरहे पनि ति कुनै कोशिस सफल नहुने दावी गरे।

अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने भन्दै उनले गठबन्धन भत्काउने कोशिस कुनैपनि हालतमा सफल नहुने बताए।  

प्रकाशित: १ कार्तिक २०८० ०५:४६ बुधबार

नेकपा एकीकृत समाजवादी माधवकुमार नेपाल पूर्वराजा ज्ञानेन्द्र शाह