राजनीति

संविधानको कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ: महामन्त्री कोईराला

गोरखा- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको सबल कार्यन्वयनका लागि आसन्न निर्वाचनमा नेपाली कांग्रसले जित्नुपर्ने बताएका छन्। चुनावी अभियानका क्रममा आईतवार उत्तरी गोरखाको बिभिन्न ठाउँमा पुगेर मतदातासँग भेट्दै उनले भने ‘देशमा कम्युनिष्ट शासन, साम्यवाद ल्याउने चेष्टामा वामगठबन्धन लागिपरेको छ।’

संविधानको कार्यन्वयन मात्रै नभई देशलाई आर्थिक विकासतर्फ लैजान पनि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन देशको लागि आवस्यक रहेको उनको भनाई थियो। कांग्रेसले मात्रै जनतालाई सार्वभौम अधिकार सम्मपन्न बनाउने र देशलाई समृद्धीको दिशामा लैजान सक्ने भएकाले उत्तरी गोरखाबासीसँग उनले कांग्रेका लागि रुखमा भोट मागे । उनले आईतवार मान्वु, काशीगाउँ, केरौंजा र सिर्दिवासमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।

चुनावी सभालाई गोरखा १ प्रतिनिधिसभाका उमेद्वार चीनकाजी श्रेष्ठ, गोरखा १ प्रदेशसभा (ख) का उम्मेदवार राजेन्द्र बजगाइँ, समानुपातिक उम्मेदवार तथा कांग्रेस गोरखाका सभापति हरिबहादुर घले, कांग्रेस नेतृ कमला पन्त लगायतले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने धारणा राखेको कांग्रेस सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए।

 

प्रकाशित: २६ कार्तिक २०७४ १४:४१ आइतबार

संविधानको कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ महामन्त्री कोईराला