राजनीति

सरकार स्थायी होइन, मलाई अरु धेरै भन्नु छैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन्।

सोमवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले सरकार कहिल्यै पनि स्थायी नहुने बताए। उनले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताए। उनले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताए।

उनले भने  ‘चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा अहिलेको सरकारलाई म भन्नेछु। अहिलेको सरकारले पनि तपाईँहरूको कुरा सुन्नुपर्छ। सरकार भनेको कुनै पर्मानेन्ट हुँदैन। फेरि मैले सरकारको बारेमा खालि सेन्सर सीपको बारेमा मात्रै भनेको हो, अरु होइन। सरकारको बारेमा मलाई अहिले कमेन्ट गर्नु छैन। फेरि दसैँको आज द्वितीयाको दिन। नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला, किन सरकारको बारेमा भन्नु। भनिरहनुपर्ने आवश्यकता नै छैन।’


अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभई रमाउनु पनि राजनीति रहेको बताए। उनले जिन्दगीको एउटा मात्रै रङ र आयाम नहुने बताए। उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई धेरै मन पर्ने कलाकार भएको बताए।

अध्यक्ष ओलीले सेन्सर बोर्डले चलचित्र देशको अहित हुने, साम्प्रदायिक विद्वेष भड्काउने खालका छन् भने मात्र रोक्न आवश्यक रहेको बताए।

प्रकाशित: ३० आश्विन २०८० ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App