राजनीति

पूर्वमन्त्री पुन चढेको गाडीमा बम विस्फोट

फाइल फोटो

कार्तिक – चुनावी प्रचार प्रसारमा हिडेका माओबादी नेता तथा पूर्वमन्त्री वर्षमान पुनको गाडी एम्बुसमा परेको छ। बिहान करिब १०ः३० बजे जिनावाङको सुखाओढारबाट घर्तिगाउँ तिर आउदै गर्दा माडिगाउँपालिका १ भित्ताबाङमा एम्बुसमा परेको हो। करिब ५० मिटर टाढाबाट तार ओच्छाएर एम्बुस पड्काइएको थियो । एम्बुस बिष्फोट हुँदा पुनको गाडीमा सामान्य क्षति पुगेको छ। 

आफूलाई लक्षित गरी बम प्रहार भए पछि पूर्वमन्त्री पुनले उम्मेद्वारको सुरक्षाको ग्यारेन्टी गर्न सरकार समक्ष आग्रह गरेका छन्। ‘सरकारले उम्मेद्वारको सुरक्षामा ध्यान दिनु पर्छ साथै यस्तो गैर जिम्मेवार हर्कत गर्ने समूहको कार्य निन्दनीय छ । यस्ता कार्य तुरुन्तै बन्द गर्न समेत आग्रह गर्दछु ।’ संक्षिप्त प्रतिकृया दिँदै पुनले भने।

चुनावी सभामा राङसी हिडेका पुन अहिले घर्तिगाउँमा छन् । सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका प्रहरीले जनाएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम प्रहार गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: २५ कार्तिक २०७४ ०६:५७ शनिबार

पूर्वमन्त्री पुन चढेको गाडीमा बम विस्फोट