राजनीति

काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जारी

नेपाली काँग्रेसकाे नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ।

बैठकमा काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतका समितिहरूलाई पूर्णता दिने बिषयमा छलफल हुने बताइएको छ।

काँग्रेस उपसभापति पूर्णबहादुर खड्का लगायत पदाधिकारीहरू बैठकमा सहभागी छन्। 

प्रकाशित: २९ आश्विन २०८० ०८:४० सोमबार

काँग्रेसकाे नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान